कालो छालाको कारण १८ महिने छोरीको विष खुवाएर हत्या

दियो पोस्ट डेस्क  

एजेन्सी । कालो छाला भएकै कारण एक पुरुषले आफ्नी १८ महिने छोरीको हत्या गरेका छन् । ति पुरुषले विष खुवाएर आफ्नी छोरीको हत्या गरेका हुन् ।

यो घटना छिमेकी मुलुक भारतको हो । भारतिय राज्य आन्द्र प्रदेशको पाल्नाडु जिल्ला पेटासान्नेगान्ठड्ला गाउँका ति व्यक्तिले छालाको रंग कालो भएको भन्दै १८ महिने छोरी अक्क्षायालाई मिठाइमा विष मिसाएर खुवाएका थिए । विष खाएलगत्तै उनकी छोरीको मृत्यु भएको थियो । छोरीको मृत्युपछि उनले आफ्नी श्रीमती श्रावनीलाई खबर गरेका थिए । घटनापश्चात श्रावनीले प्रहरीलाई खबर गरेकी थिइन् । छाला कालो भएका कारण छोरीको हत्या गर्ने व्यक्तिको नाम महेश भएको करेमपुडी प्रहरीले जनाएको छ ।

हत्या आरोपित महेशलाई प्रहरीले पक्राउ गरेको छ । महेश र श्रावनीको बिहे ३ वर्षअघि भएको थियो भने सो दम्पतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएका थिए । कालो रंगको छोरी जन्माएको भन्दै आफ्ना श्रीमान र उनको परिवारका अन्य सदस्यले मानसिक यातना दिने गरेको श्रावनीले भारतिय मिडियासँग बताएकी छन् ।