एजेन्सी । फेसबुकले क्यानडामा समाचारमाथि प्रतिबन्ध लगाएको छ । फेसबुकले आफ्नो प्लेटफर्ममार्फत सेयर गरिने समाचारमाथि प्रतिबन्ध लगाएको हो ।
उसो त अन्य सामाजिक सञ्जालहरुले क्यानडामा समाचार सामग्रीमाथि प्रतिबन्ध लगाउदै आएका छन् । फेसबुकले भने हालै समाचारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । क्यानडेली सरकार र फेसबुकविच जारी विवादका कारण फेसबुकले स्थानिय समाचार माध्यममाथि प्रतिबन्ध लगाएको बताइएको छ ।
साथै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा पोष्ट देखा नपर्ने समस्या भोगिरहेका छन् । प्राविधिक समस्याका कारण प्रयोगकर्ताले उक्त समस्या भोगिरहेको बताइएको छ । मेटाले विकास गरेको नयाँ प्रणाली सञ्चालन गर्न निकै जटिल भएका कारण विभिन्न समस्या आइरहेको फेसबुकले जनाएको छ ।