संयुक्त अरब इमिरेट्स (युएई)को दुवईमा ७५ वर्षयताकै भारी वर्षा भएको छ । सोमबार रातिदेखि दुवईमा भारी वर्षा भएको हो ।
सोमबार र मंगलबारको भारी वर्षापछि दुवई अन्तराष्ट्रिय एयरपोर्ट र दुवई शहर डुबानमा परेको छ । डुवानका कारण यातायात र उडान सेवा प्रभावित बनेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ ।
त्यहाँको सरकारले दुवईमा इतिहासकै भारी वर्षा भएको जनाएको छ । उक्त वर्षा विगत ७५ वर्षयताकै ठुलो वर्षा मापन भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण हालसम्म १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुवईमा १४२ मिलिमिटर वर्षा मापन गरिएको छ । जुन वर्षभरमा पर्ने पानी हो । भारी वर्षाका कारण मरुभुमिको शहर भनेर चिनिने दुवईलाई पुर्ण रुपमा डुबाएको बताइएको छ ।