उत्तरपुस्तिकामा ‘जय श्री राम’ र क्रिकेटरको नाम लेखेकै भरमा फार्मेसीका विद्यार्थी उत्तीर्ण

दियोपोस्ट संवाददाता  

परिक्षामा उत्तीर्ण (पास) हुन विद्यार्थीले अपनाएको एउटा अनौठो घटना सार्बजनिक भएको छ । उत्तरपुस्तिकामा ‘जय श्री राम’ र क्रिकेटरको नाम लेखेको भरमा फार्मेसीका विद्यार्थी पास भएको अनौठो घटना सार्बजनिक भएको हो ।

यो घटना नेपालको नभई छिमेकी मुलुक भारतस्थित उत्तर प्रदेश राज्यको हो । उत्तर प्रदेशको जौनपुरस्थित विर बहादुर सिंह पुर्वाञ्चल विश्वविद्यालयका चार जना विद्यार्थीले फार्मेसीमा डिप्लोमाको परिक्षा दिएका थिए । हालै दिएको परिक्षाको उत्तरपुस्तिकामा उनीहरुले प्रश्नको उत्तर नलेखेर ‘जय श्री राम’ र विराह कोहली, रोहित शर्मा र हार्दिक पाण्डे लगायत चर्चित क्रिकेटरको नाम लेखेकै भरमा ५० प्रतिशत बढि अंक ल्याएर परिक्षा उत्तीर्ण गरेको टाइम्स अफ इन्डियामा खबर छ ।

परिक्षामा त्यसरी उत्तीर्ण हुने विद्यार्थीको उत्तरपुस्तिका जाँचबारे शंका उत्पन्न भएपछि सोहि विश्वविद्यालयका पुर्व विद्यार्थी दिव्यांशु सिंहले सुचनाको हक प्रयोग गर्दै उजुरी दर्ता गरेका थिए भने तत्काल छानविन गर्न माग गरेका थिए । उक्त उजुरीपछि छानविन प्रक्रिया अघि बढेको थियो ।

छानविनपछि परिक्षामा ‘जय श्री राम’ र क्रिकेटरको नाम लेखेकै भरमा ति विद्यार्थी उत्तीर्ण भएको पुष्टि भएको थियो । ति विद्यार्थीहरुले प्रश्नको उत्तरको विचमा जय श्री राम र क्रिकेटरहरुको नाम लेखेको बताइएको छ ।

ति विद्यार्थीहरुले ७५ मा ४२ अंक ल्याएर उत्तीर्ण भएका थिए । परिक्षामा गलत मुल्यांकनमार्फत उत्तीर्ण गराउने दुई वटा शिक्षकमाथि त्यहाँको परिक्षा बोर्डले कानुनबमोजिम कारबाहि प्रक्रिया अघि बढाइएको भारतिय मिडियामा खबर छ ।

सिफारिस