बालश्रमिकको उद्धार

diyopost.com
bestnp  शनिबार, चैत्र २७, २०७२ | ७:५०:२६

दाङ, २७ चैत । यहाँका दश जना बालश्रमिकलाई परिवारमा पुनःस्थापित गरिएको छ ।

तुलसीपुर नगरपालिका र न्यू सिपिसी तुलसीपुरले सर्वेक्षणबाट भेटिएका ५३ जना बालश्रमिक मध्ये १४ वर्ष मुनिका दश जना बालश्रमिकलाई शैक्षिक सामग्रीसहित अभिभावकको जिम्मा लगाएको हो ।

होटल, ग्रील उद्योग, रिक्सा, यातायात, गहना उद्योगलगायत क्षेत्रमा श्रम गर्दै आएका बालबालिकालाई रोजगारदाता र परिवारसँगको परामर्शमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको न्यू सिपिसीका अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

उद्धार गरिएकामध्ये दाङ र सल्यानका पाँच÷पाँच जना रहेका छन् । तुलसीपुर नगरपालिकालाई सन् २०१७ सम्म बालमैत्री घोषणा गर्ने लक्ष्यलाई पूरा गर्न पहिलो चरणमा दश जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको नगरपालिकाले जनाएको छ ।

दोस्रो चरणमा अरु पाँच जना बालश्रमिकको उद्धार गरी परिवारमा पुनःस्थापित गराइने बालमैत्री शासनका फोकल पर्सन सुवास गौतमले जानकारी दिनुभयो । १५ वर्ष मुनिका बालश्रमिकलाई परिवारमा पुनःस्थापित गर्ने र सो उमेर समूहभन्दा माथिका बालश्रमिकलाई सीप तथा आयमूलक तालिममा सहभागी गराइने बताएको छ ।

सम्बन्धित खबर