घरमा आगलागी

diyopost.com
bestnp  शनिबार, चैत्र २७, २०७२ | ७:५२:०३

कञ्चनपुर, २७ चैत । भीमदत्तनगरपालिका–१५ का रामलाल चौधरीको खरले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

बालबालिकाले चुलोमा रहेको आगो चलाउँदा गए राति आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट लत्ताकपडा, खाद्यान्न पुरै जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।

यसैगरी, महाकाली नदी माथिको झोलुङ्गे पुलमा भीमदत्तनगरपालिका–१८ गोवरैयाका अजय जैरुले चलाउँदै गरेको से३प ७७६१ नं को स्कुटरमा शुक्रबार अचानक आगो लागेको छ ।

ब्याट्री पड्केर स्कुटरमा आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर