प्रमले आज देशवासीका नाममा सम्बोधन गर्ने

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र ३०, २०७२ | ९:१५:०४

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

संविधान जारीपछि गठित सरकारको छमहिने उपलब्धि र आगामी कार्यभार तथा नयाँ वर्ष २०७३ का सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने सम्बोधनमा भारत र चीनको औपचारिक भ्रमण, नाकाबन्दीको असर तथा संविधानमा असन्तुष्ट मधेसकेन्द्रित दललाई वार्तामा आउन आह्वानका विषय पनि पर्ने बुझिएको छ ।
गत असोज २४ मा निर्वाचित प्रधानमन्त्री ओलीले गत असोज २८ गते व्यवस्थापिका–संसद्लाई र कात्तिक २९ गते देशवासीका नाममा सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर