धम्कीपछि कन्हैया कुमारको सुरक्षा बढाइयो

दियो पोस्ट  

एजेन्सी,३ बैशाख । जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्यनरत विद्यार्थी कन्हैया कुमार र उमर खालिदको भारत सरकारले सुरक्षा बढाएको छ । विहिबार प्रहरीले धम्की भरीएको पत्र बरामद गरेका छन् । पत्रमा लेखेको छ कन्हैया र उमर खालिदको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिइने छ । पत्र प्रहरीले बरामद गरेपछि दुबै विद्यार्थीको सुरक्षा बढाएको छ ।
विहिवार बेलुका ६ बजे दिल्ली प्रहरीलाई फोन गरेर अज्ञात व्यक्तिले जेएनयू भएर जाने रुट नं ६०५ बसमा एक हतियार भएको बताएका थिए । दिल्ली प्रहरीले बसलाई इण्डिया गेटमा रोकेर चेक गर्दा बसमा एक पेस्तोल र बारुद बराबद गरेका थिए । साथै धम्की युक्त एक पत्र पनि बरामद गरेका थिए ।
त्यो पत्रमा कन्हैया र उमर खालिदको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिन घोषणा गरेको थियो । पत्रमा अनिल जानीको नाम लेखेको बताइएको छ ।
प्रहरीले तिलक मार्ग थानामा २५ आम्र्स एक्ट अनुसार उजुरी दर्ता गरीएको छ र जाच पनि सुरु गरेको छ । साथै जेनयू प्रशासन पनि अर्लट गरीएको छ ।

सम्बन्धित खबर