बीबीसी हिन्दि । छोटा राजन समूहविरुद्ध भारतीय प्रहरी एजेन्सी सीबीआईले दुई मुद्दा दर्ता गरेको छ । उनीमाथि जबरजस्ति असुली र हत्याको आरोपमा नयाँ मुद्दा परेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार सन् २०१३ मा व्यवसायी अजय गोसालिया र असरद सेखको हत्या प्रयासको मुद्दामा सीबीआईले अनुसन्धान जारी राखेको छ । यो हत्या प्रयासमा ५५ वर्षीय छोटा राजन गिरोहका सदस्य संलग्न भएको आरोप लगाइएको छ ।
भारत मलाडस्थित एक मलको बाहिरपट्टि दुई सुटरले गोसालियामाथि गोली चलाएका थिए, गोसालिया नराम्रोसँग घाईते भएका थिए । मुम्बई प्रहरीले त्यतिबेलै राजन गिरोहका सदस्यलाई पक्राउ गरेको थियो ।
निलेश नामका व्यक्तिबाट २० लाख भारतीय रुपैयाँ जबर्जस्त असुली गरेको मुद्दामा राजन समूहका सदस्यविरुद्ध अनुसन्धान चलिरहेको छ । यही मुद्दामा अर्का अभियुक्त भरत नेपालीको मृत्यु भएको थियो ।
स्रोतका अनुसार नीलेशले ज्यान मार्ने धम्की आएपछि २० लाख भारु दिएका थिए ।
भारत सरकारको निर्देशनमा यी दुई मुद्दामा अनुसन्धान भइरहेको सीबीआई प्रवक्ता आरके गौरले पीटीआईलाई बताएका छन् ।
सीबीआईको उजुरीमा राजनको नाम छैन, किनभने नियमअनुसार स्थानीय प्रहरीले एजेन्सीलाई त्यसबारे रिपोर्ट दिएको छैन ।
अनुसन्धानपछि अदालतमा बुझाउने रिपोर्टमा एजेन्सीले शंकास्पदहरुको नाम बुझाउन वा हटाउन पनि सक्छ । यी दुवै मुद्दा हतियार कानुनका अनुसार दर्ता भएको छ ।
यसभन्दा पहिले सीबीआईले पत्रकार जे डेको हत्याको मुद्दा दर्ता गरेको थियो । जसमा राजनको निर्देशनमा गोली चलाएको आरोप छ ।
इन्टरपोलको रेड कर्नर सूृचनापछि गएको २५ अक्टुबरमा बालीमा इन्डोनेसिया प्रहरीले अस्ट्रेलियाबाट राजन फर्कंदाबित्तिकै गिरफ्तार गरेको थियो ।