भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सारीका कारण सामाजिक सञ्जालमा हंगामा

दियो पोस्ट  

बीबीसी, भारतकी विदेश मन्त्री सुष्मा स्वराज र ईरानका राष्ट्रपति हसन रुहानीबीच भएको भेटवार्ताको समयमा स्वराजले लगाएको पहिरनको विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटवार्ताको तस्विर सामाजिक सञ्जाल ट्विटरमा राखेका थिए । जसमा सुष्मा स्वराजले गुलाबी रंगको सारीले पुरै ढाकेको देखिएको थियो ।

shushma shoraj
पाकिस्तानी स्तम्भकार तारेक फतहले प्रश्न गर्दै ट्विट गरेका छन्,‘सुष्मा जी यो लज्जास्पद भयो, तपाईं सारी लगाएर पनि आफ्नो टाउकोमा सलले छोप्न सक्नुहुन्थ्यो ।’
पत्रकार शिव अरुरले लेखेका छन्, ‘देखेर अचम्म लाग्यो की सुषमा स्वराजलाई ईरानमा आफूले आफूलाई कुनै परिवर्तन गर्नु परेन ।’

shushma 3
त्यस्तै एकता रोजारियाले ट्विट गरेकि छन्, ‘स्थानिय परमपराको सम्मान गर्नु उचित हो तर ‘एक हिन्दु’को नाममा भड्कावपूर्ण भाषामा लेखिएको छ, ‘सुष्मा स्वराज जस्तो हाम्रो नेताले जबरजस्ति इस्लामिक पहिरन लगाउँदा पनि हामी विरोध गर्न डराउँछौँ ।’
त्यस्तै विनय दोकानियाले प्रश्न गरेकी छिन्, ‘म्याडम विदेश मन्त्री के यो पोसाक लगाउन जरुरी थियो ?’
त्यस्तै यसुफ जमीलको ट्विट छ, ‘प्रोटोकलको सम्मान गर्नु कूटनीतिक प्रथाको अहम हिस्सा हो जो इतिहाससँग जोडिएको छ ।’
सरचक नाम नामबाट सञ्चालित एक ट्विटर एकाउन्टबाट सुष्मा स्वराजलाई प्रश्न गरिएको छ, ‘तपाईंले यो पोसाक किन लगाउनुभएको ?’
स्वराज इरानपछि रुसको लागि प्रस्थान गरेकी छिन् ।
इस्लामी देश ईरानामा महिलालाई आवरणमा राखिने परम्परा छ । हालै राष्ट्रपति ईरानी राष्ट्रपति रुवानी इटली भ्रमण गएका थिए । उनको सम्मानमा त्यहाँका नग्न मुर्तिहरुलाई छोपिएको थियो । यो विषयमा पनि सामाजिक सञ्जालमा तिब्र विरोध भएको थियो ।