विद्यार्थीमाथि हातपात गर्ने पक्राउ

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख ०६, २०७३ | ८:०९:११

भीमदत्तनगर, ६ वैशाख । ‘ट्युसन’ पढेर घर गइरहेकी छात्रामाथि हातपात गर्ने कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाका एक युवक पक्राउ परेका छन् ।

आइतबार बेलुकी झलारी बजारबाट ट्युसन पढेर गइरहेकी सोही नगरपालिकाकी छात्रामाथि जबर्जस्ती गर्न हातपात गर्ने झलारीपिपलाडी नगरपालिका–५ का लोकराज जोशी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले लोकराज जोशी आज पक्राउ परेको जानकारी दिँदै घटनामा संलग्न सोही वडाका भुवन जोशी फरार रहेको बताए ।

“युवतीलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुको नियतबारे हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी निरीक्षक रावलले बताए – “दुवै युवकलाई कानुनी कारबाही गर्छौँ ।” उनले फरार रहेका जोशीको खोजीमा प्रहरी जुटेको जानकारी दिए ।

सम्बन्धित खबर