सत्ता र प्रतिपक्षको हानथापले संविधान कार्यान्वयन हुँदैन ः पूर्वप्रम नेपाल

सत्ता र प्रतिपक्षको हानथापले संविधान कार्यान्वयन हुँदैन ः पूर्वप्रम नेपाल

नवलपरासी, ६ वैशाख । नेकपा ९एमाले०का वरिष्ठ नेता  माधवकुमार नेपालले सत्ता र प्रतिपक्ष हनाथापमा संविधान कार्यान्वयनमा जटिलता हुने भएकाले काँग्रेस सरकारमा आउनुपर्ने बताए ।

प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकारसम्मेलनमा नेपालले भने–“राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्छ त्यसका लागि पक्ष÷विपक्ष हुनुहँैदैन ।” संविधान निर्माणमा जसरी सहमति जुटेको थियो सोही भावनाअनुसार संविधान कार्यान्वयनमा जानुपर्ने उनको भनाइ थियो । नेता नेपालले सङ्क्रमणकालमा दलहरु मिलेर जानुको विकल्प नभएको बताए ।

मधेसमा भएको आन्दोलन मधेसी जनताको नभई केही मधेसी दलको भएको नेपालले बताए । “सीमाङ्कनमा विषयमा मधेसी जनाताको मुद्दा होइन त्यो केही मधेसी दलको हो”, उनले भने, “मधेसमा एमाले छुट्टै मधेस छुट्टै भनेर बुझ्नु हुदैन ।” असहमति भए वार्ता र संवादबाटै कुरा टुङ्गाउनुपर्नेमा नेता नेपालको जोड थियो ।

एमाले भित्रको गुटबन्दीबारे नेपालले भन्े, “गुटबन्दी छ भनेर गीत गाएर हिँड्ने होइन, पारदर्शीता र मापदण्ड तोक्यौँ भने जुनसुकै तहको गुटबन्दी अन्त्य हुन्छ ।” सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने उनले बताए ।

नेपालले आजै जनज्योति सांस्कृतिक मेला २०७३ को उद्घाटन गर्दै धार्मिक पर्यटनका माध्यमले रोजगारी सृजना गर्न सक्ने बताए । स्वर्गद्वारीदेखि पशुपतिसम्मको क्षेत्रलाई एक अर्ब हिन्दूको आस्थाको केन्द्र र लुम्बिनीलाई विश्वभरिका बौद्ध धर्मावलम्बीको केन्द्र बनाएर आम्दानी गर्न सकिने बताए ।

Trending News