सशस्त्र प्रहरीद्वारा ७ बालकको उद्धार

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख ०७, २०७३ | ४:३२:४३

कुशुम विक

बर्दिया, ७ वैशाख । भारत तर्फ लैजाँदै गरेका ८ जना बालकको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बलले उद्धार गरेको छ ।

बर्दियाको सदरमुकाा गुलरियासँग सिमा जोडिएको भारतको मुर्तिहा नजिकै रहेको सशस्त्र प्रहरीको टोलीले भारतको देहेरादुन तर्फ लैजाँदै गरेको अवस्थामा ८ जना बालकलाई उद्धार गरेको हो । बालकहरुलाई भारत लैजान खोज्ने गुलरिया नगरपालिका वार्ड न १३ का ६२ वर्षीय जुद बहादुर घर्ति पनि पक्राउ गरिएको छ ।

गुलरिया नगरपालिका नम्बर ११ का १४ वर्षीय प्रमोद लोध, १६ वर्षीय गोविन्द खडका, १३ वर्षीय शक्ति वडिया, १६ वर्षीय प्रदिप लोध, १५ वर्षीय सुनिल लोध, १६ वर्षीय लवकुस लोध, १६ वर्षकै मदन गीरि र ११ वर्षीय फौदा धोवी रहेका छन् । उद्धार गरिएका सबै बालकहरु एउटै गाउँको भएको बताइएको छ ।

६२ वर्षीय जुद बहादुर घर्तिलाइ पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बालकहरुलाइ भारतको देहरादुन तर्फ लैजाने घर्तिको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

सम्बन्धित खबर