कलैया, ७ वैशाख । राष्ट्रिय दलित आयोग काठमाडौँद्वारा सोमबार जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ को प्रभावकारी कार्यान्वयनसम्बन्धी अन्तक्र्रिया तथा वकालत कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमको सांसद राधेचन्द्र राय यादवले उद्घाटन गर्नुहुँदै वर्तमान नेपालको संविधानले जातीय भेदभाव छुवाछुतको अन्त गरी सबै जातीलाई समान अधिकार प्रदान गरेको कुरा बताए ।
कार्यक्रममा दलित आयोगका कार्यक्रम संयोजक निराजन नेपालीले जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ को कानुनी व्यवस्था र कार्यान्वयनको चुनौतीबारे र राष्ट्रिय दलित आयोगको वर्तमान कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे ।
राष्ट्रिय दलित आयोगका सदस्य बंगाली हजराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना, जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल, नायब प्रहरी उपरीक्षक विनोद शर्मा र महेश्वर विश्वकर्माले जनचेतना शिक्षाबाट नै जातीय भेदभाव, छुवाछुतको अन्त्य हुनसक्ने भएकाले आफ्ना बालबालिकाको पठनपाठनका लागि विशेष ध्यान दिन जरुरी ।रहेको बताए ।
कार्यक्रममा दलित महिला, पुरुष तथा प्रमुख राजनीतिक दल र सञ्चारकर्मीको सहभागिता थियो ।