काबुलमा बम विस्फोट कयौ घाइते

दियो पोस्ट  

एजेन्सी, ७ बैशाख । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले भनेका छन राजधानी काबुलमा भएको बम विस्फोटमा कयौ मान्छेहरुको मृत्यु भएको छ ।
गृहमन्त्रालयका प्रवक्ता सादिक सादिकीले भने एक आत्मघाती हमलाकारीले एक गाडीलाई पनि उडाएका छन् । कयौ मान्छेहरु घाइते भएका छन् । विस्फोट भएको क्षेत्रमा अहिलेपनि गोलिबारीको आवाज आइरहेको छ ।
तालिबानका प्रवक्ताले समाचार एजेन्सी एपीलाई फोन गरेर विस्फोटको जिम्मेवारी लिएका छन् । एक हप्ता पहिला तालिबानले ठूलो हमला गर्ने धम्की दिएको थियो ।
मंगलबार भएको विस्फोट रक्षा र सैन्य प्रतिष्ठान नजिकको बस्तीमा भएको छ ।