यो भन्दा राम्रो त बोकोहरामसँग थियो

दियो पोस्ट  

काठमाडौ,७ चैत्र . १७ बर्ष की जाराको कथा धेरै त्रासदीपूर्ण छ । वास्तवमा कथा हो चरमपन्थी गुट बोको हरामको चंगुलबाट फिर्ता आएकि एक जनी महिलाको । यो गुट उत्तर पश्चिम नाइजेरिया र छिमेकि देशहरुका हजारौ मान्छेहरुकोलागि त्रासदी बनेको छ ।
जारालाई बोकोहरामले अपहरण गरेको थियो । सेनाले उनलाई बोकोहरामबाट छुटाए । तर उनलाई अहिले पनि लाग्छ जंगलमा बाकोहरामसंग भएको भए राम्रो हुन्थ्यो । कम से कम बोकोहराम कि श्रीमति भएको आरोप त लाग्दैन थियो ।
उनको भनाइ छ “उनीहरुले  हामीलाई दुई विकल्प दिए एक विवाह गर अथवा गुलाम बन । मैले विवाह गर्ने निर्णय गरे ।” जिन्दगी मुश्किल थियो । हर समय खतरा थियो । उनी बच्चा पाउने भइन । उनी बोकोहरामसंग सांबिसाको जंगलमा बसीन । बायुसेनाले त्यो जंगलमा बमबारी ग¥यो । सेनाले उनलाई बोकोहरामबाट छुटाए । सेनाले बोकोहरामबाट छुटाएपछि उनलाई उनको घर पुगाए ।
जाराका काका मोहम्मद उमारु भन्छन् हाम्रो घरपरिवार कि महिलाले थाहपाए कि जाराको पेटमा तीन महिनाको बच्चा छ । “ हाम्रो परिवारमा कोहि ईसाइ छन् । कोहि मुसलमान । अपहरण भन्दा पहिला जारा ईसाई थिइ ।तर बोकोहरामले विवाह गरेपछि उनलाई मुसलमान बनाई दिए । ” परिवारमा मतभेद सुरु भयो बच्चालाई के गर्ने भनेर । जाराले बच्चा जन्माउने अथवा गर्वपतन गराउने । तर परिवारमा बहुमतको भनाइ रह्यो बच्चालाई जन्माउनु पर्छ । बच्चा जन्माइन । जाराले आफ्नो श्रीमानको नाम उस्मान भएकाले छोराको नाम पनि उस्मान राखिन ।
यहिबाट जाराका अपमानका दिन सुरु भए । जारा भन्छीन “ मान्छेहरु मलाई बोकोहराम कि श्रीमति भन्छन । त्यति मात्र होइन अपराधी पनि भन्छन् । उनीहरु मेरो नजीक आउन चाहदैनन । मलाई मन पराउदैनन । यति भनिरहदा उनका गाला हुदै आँसु बगीरहेका थिए ।
अहिले उनी आफ्नो घर भित्रै बस्छन । उनलाई बाहिर जान डरलाग्छ किन कि सबै बच्चाहरु आफ्ना आमाबुबाबाट सिकेको घृणाका कारण उनको अपमान गर्छन ।
उनी भन्छीन ।उनीहरुले मेरो छोरालाई मन पराउदैन थिए । उ बिमारी भयो कोहि पनि उसलाई के भयो भनेर सोध्न आएनन ।
एक हप्ता पहिला गर्मीका कारण जारा घर बाहिर सुतेकि थिइ । सर्प आएर उनको छोरालाई टोक्यो । सर्पको टोकाइबाट उसको मृत्यु भयो । त्यो समयमा उसको छोरा उस्मान नौ महिनाको थियो ।
उनको आधा परिवारले भगवानको मर्जी भनेर खुशि मनाए । जाराले भनिन केहि मान्छेहरु खुशि थिए कि उ म¥यो भनेर किन कि बोकोहरामको रगत परिवारबाट गयो ।
मोहम्मदले भने “राम्रै भयो त्यो बच्चा म¥यो । खुदाले उनको प्राथना स्वीकार ग¥यो । ” उनले अगाडि भने “ कहिले काहि जारा स्कुल जान्छु भन्छ र डाँक्टर बनेर समाजको सेवा गर्न चाहन्छ । तर जब मान्छेहरु उसको अपमान गर्छन दोबारा सांबिसाको जंगलमा जान चाहन्छ । ”
“ उ सधै आफ्नो श्रीमानको बारेमा कुरा गर्छ । जुन बोकोहरामको एक कमाण्डर थियो । उनी भन्छीन कि उसले आफुलाई माया गथ्र्यौ । उसले आफुसंग एक नयाँ जिन्दगी सुरु गर्न चाहन्थ्यो । ”
आँखाभरी आँसु गरेर भूइमा हेदै जारा आफ्नो कथा सुनाउछ । उसको कथा सुनेपछि कल्पना गर्न नै समस्या हुन्छ कि यो केटीले कति दुःख कष्ट झेलेकि छ केबल १७ बर्षको उमेरमा ।
मोहम्मदले भने कि जाराको जिवन यति कठिन छ कि एक पटक भनेकि थिइकि म ‘आत्मघाती मिशनमा जान चाहन्छु ।’
उ भन्छ “यदि मौका पाए भने म यस्तो अबश्य गर्ने छु । ” जारा भन्छ जंगलसंग भावना अहिलेपनि छ तर यो विस्तारै कम हुने छ । म बोकोहरामसंग बिताएको समय भुल्ने छु तर अहिले नै होइन ।
उ भन्छ म मेरो श्रीमानलाई पाउन चाहन्छु ।  यो पनि मान्छ कि उनको दिमागमा यो भरेको हो ।
अर्को कुरा उनको परिवारले उनलाई छोडि सक्यो र समाजले कलंकित ग¥यो । जारा दुःखि छ । रिसाए कि छ र भ्रममा पनि छ । उनका काका भन्छन् “मान्छेहरुले यो बुझ्नु पर्छ कि यो सबै यो बच्चीले गरेको होइन । यदि हामीहरु उसलाई कलंकित गरिरह्यौ र पिडा दिइरयौ भने हुन सक्छ भविश्यमा हामी बोकोहराम भन्दा पनि बढी र नराम्रो अरु नै तयार गर्ने छौ ।”
“मेरो प्राथना छ कि सरकार केहि गरोस् । यसलाई सहयोग गर्नु पर्छ । यसलाई संगै लिएर जानु पर्छ र माया गर्नु पर्छ । ”
जारा जस्तै धेरै केटीहरुको अपहरण गरीएको थियो । धेरै केटीहरु अहिले पनि बाकोहरामको कैदमा छन् ।
जो जो कैदमा छन् र बाहिर आउन चाहन्छन् तीपनि दुःख पिडामा छन । जो बाचेर बाहिर आएकि छन तीको भागमा पनि दुःख र पिडा नै छ ।

हिन्दी बिबिसीबाट साभार

सम्बन्धित खबर