शिक्षा भ्रष्टाचाररहित एवम् मर्यादित हुनुपर्नेमा जोड

दियो पोस्ट  

पोखरा, ८ वैशाख । प्रधानमन्त्री एवम् पोखरा विश्ववद्यालयका कुलपति केपी शर्मा ओलीले
समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताए ।

पोखरा विविको १३ औँ दीक्षान्त समारोहलाई आज विश्वविद्यालय परिसर लेखनाथमा सम्बोधन गर्दै उहाँले शिक्षा भ्रष्टाचाररहित, अनुशासित एवम् मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । दीक्षित विद्यार्थीलाई राष्ट्रिय हित र समुन्नतिका लागि योगदान गर्न पनि उनले आग्रह गरे ।
समारोहमा राष्ट्रकवि माधव घिमिरेले शिक्षा अनुसन्धानमूलक हुनुपर्ने बताए । “हामीसँग भएको अपार स्रोतसाधनको उपयोग गर्ने शिक्षा आजको आवश्यकता हो ”, उनले भने ।
विसं २०५४ स्थापित सो विश्वविद्यालयबाट आज आयोजित समारोहमा स्नातक, स्नातकोत्तर र एमफिलका गरी करिब चार हजार ५०० विद्यार्थी दीक्षित बनेका छन् ।