कुसुम विक
बर्दिया, ९ वैशाख । बर्दियामा एक घरको पालीमा आगलागी हुँदा करिब बिस हजार बराबरको क्षति भएको छ । गुलरिया नगरपालिका वडा नं। ६ बालापुरस्थित शान्ति टोलमा रहेको मनिराम थारुको घरको पालीमा आगलागी हुँदा बिस हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
थारुको बिहिबार दिउसो एक बजेतिर एक्कासी घरको बाहिरपट्टि रहेको पालीमा आगलागी भएको थियो । आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रमा ल्याइएको बताइएको छ । आगलागीबाट कुनै मा
नवीय र पशुवस्तुको क्षति नभएको र एक साइकल सहित विभिन्न भौतिक बस्तु जलेर नष्ट हुँदा करिब २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
नर्सरी व्यवस्थापन ५ दिने तालिम सम्पन्न
जिल्ला वन कार्यालय बर्दियाको आयोजनामा भएको नर्सरी व्यवस्थापनको ५ दिने तालिम ईलाका वन कार्यालय बर्दियाको खातामा सम्पन्न भएको छ । सो तालिममा बर्दियामा जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने उद्येश्यले बर्दियामा आठ वटा गाविसको सामुदायिक वनका सदस्यहरुलाई बर्दियामा वन बढाउने उदेश्यले रुख विरुवाहरुको नर्सरी व्यवस्थापनकोे तालिम दिएको ईलाका वन कार्यालय खाताका कार्यालय प्रमुख सगुन थापाले बताए ।
त्यसैगरी बर्दियाको ईलाका वन खातामा बाघले जंगलमा आक्रमण गरी एक मृगलाई घाईते वनाएको छ । उक्त मृगलाई जडीवुटी उपचारका लागि गजगंलमा छाडीएको खाता वन कार्यालय प्रमुख सगुन थापाले बताए ।