काठमाडौं, १० वैशाख । भ्रष्टाचारको आरोपमा पत्रकार कनकमणि दिक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार दिक्षितलाई पक्राउ गरेको हो ।
यद्यपी उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन् । हिमाल खबर पत्रिकाको कार्यालय रहेको पाटन ढोकाबाट उनलाई पक्राउ गरेको हो ।
उनीमाथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो । उनी साझा यातायातका अध्यक्षसमेत हुन् ।