मोरङ , १४ वैशाख । मोरङकी विमाया तामाङले ७० वर्षको उमेरमा नागरिकता पाएकि छन ।
केराबारी–५ का ५३ वर्षीय ज्ञानबहादुर पाण्डेसँग दुई वर्षअघि विवाह गरे पनि नागरिकता जिल्ला प्रशासन कार्यालय मोरङबाट बल्ल पाएकि हुन ।
जिल्ला प्रशासन कार्यालय मोरङले २००२ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठको भनाइ छ ।
श्रीमान् ज्ञानबहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिएको हो । विमाया पाण्डेकी तेस्रो श्रीमती हुन् ।
पहिलो श्रीमान्को मृत्यु भएको र छोराछोरीले नहेरेपछि विमायाले पाण्डेसँग विवाह गरेका हुन । जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएपछि विमायाले खुसी हुँदै भनीन, “बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकामा गर्व लागेको छ ।”