भक्तपुर, १५ वैशाख । जिविस वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाले भूकम्पपीडितलाई सुधारिएको चुलो वितरण सुरु गरेको छ ।
सरकारले सुरु गरेको सन् २०१७ सम्ममा घरभित्रको धुवाँमुक्त देश घोषणा गर्ने अभियानअन्तर्गत जिविस लपरिषदबाट नीतिगत रुपमा कार्यक्रम पारित गरेर चुलो वितरण सुुरु गरेको हो । प्रारम्भमा नगरकोटबाट चुलो वितरण सुरु गरिएको जिविसका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत प्रकाश ज्ञवालीले जानकारी दिए ।
पहिलो चरणमा रातो परिचयपत्र पाएका नगरकोट नगरपालिका ताथलीका २१६, नगरकोटका २३३, वागेश्वरीका ३११ र सुडालका २००० परिवारलाई चुलो वितरण गरिएको छ । चुलो जडान गरेपछि घरबाहिर धुवाँ जाने, ६० प्रतिशत दाउराको खपत कम हुने र छिटो खाना पाक्ने बताइएको छ ।
माटो र फलामबाट बनेका पाँच हजार चुलो तयार भइसकेको र अरु चुलो पनि निर्माण गर्ने क्रममा रहेकाले वतरण कार्यलाई तीब्र पारिएको छ ।