तुँवालोले दुई दिनदेखि हवाई सेवा प्रभावित

तुँवालोले दुई दिनदेखि हवाई सेवा प्रभावित

डोल्पा, १५ वैशाख । डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ ।

वैशाख पहिलो हप्तादेखि देखिएको धुवाँजस्तो देखिने तुँवालोको कारणले दुई दिनदेखि हवाई सेवा प्रभावित भएको हो ।

नेपालगन्ज डोल्पाको बीच हवाई मार्गमा धुवाँजस्तो देखिने तुँवालोले मार्ग बन्द भएपछि हवाई सेवा प्रभावित भएको तारा एअरका कर्मचारी लङ्क भण्डारीले बताए ।

तुँवालोको कारणले दई दिनमा पाँचदेखि सात वटासम्म उडान रद्द भएको भण्डारीले बताए ।

तुँवालोले आज दिउँसोसम्म पनि विमानस्थल छोपेकाले बिहीबार पनि उडार रद्द हुने सम्भावना कम रहेको उनले बताए । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

Trending News