जिशिअलाई चन्द माओवादीले कालोमोसो दले

जिशिअलाई चन्द माओवादीले कालोमोसो  दले

काठमाडौ, १७, बैशाख । चन्द माओवादीको भ्यालि ब्यूरोले काठमाडौका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालो मोसो दलेका छन् ।
बुधबार जिल्ला शिक्षा कार्यलय ताहचल पुगेर चन्द माओवादीका कार्यकर्ताले आर्थिक अनियमिता गरेको भन्दै कालोमोसो दलेको एक कार्यकर्ताले बताए ।
ती कार्यकताले भने, ‘जिशिअले आर्थिक अनियमिता गरेको मन्त्रालयबाट सरुवा गर्दापनि अटेरी गरेकोले कालो मोसो दलेका हौ ।’

चन्द माओवादी निकट विद्यार्थी संगठनका अध्यक्ष पूर्ण सिह र शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसीलाई सोध्दा आफुलाई त्यो बारेमा कुनै जानकारी नभएको बताए ।

Trending News