काठमाडौं, १७ वैशाख । एमाओवादी अध्यक्ष प्रचण्डले आफूलाई वीरगन्जमा अवरोध गरेपनि आफू गएको बताएका छन् । ‘संविधानको विषयलाई लिएर मलाई वीरगन्जमा रोक्ने काम भयो,’ मुश्लीम आयोगले राजधानीमा गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘सिराहा पनि गएँ, मधेसी नेताहरुसँग पनि अन्र्तक्रिया भयो ।’
उनले संविधानलाई केही पनि नमान्ने र पाएको अधिकार पनि खोसेको दावी गर्ने अतिवाद रहेको समेत बताए । ‘यो विल्कुलै अतिवादी सोचाई हो,’ उनले भने, ‘यसले धेरै परिवर्तनलाई अपमान गर्छ ।’
प्रचण्डले केही शक्ति फेरी राजतन्त्र फर्काउन लागि परेको खुलासा समेत गरेका छन् ।
‘केही शक्तिहरुलाई फेरि राजतन्त्र फर्किदिए होस् जस्तो लागेको छ, त्यो पनि पुरा हुँदैन’ उनले भने ।
उनले यतिबेला बलियो एता चाहिएको समेत बताए । ‘बलियो राष्ट्रिय एकता चाहिएको छ । संविधान कार्यन्वयनका लागि र पुर्निनिर्माण र आर्थिक विकासको लागि राष्ट्रिय एकता चाह्एिको छ,’ उनले भने, ‘राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकता आवश्यक छ ।’