‘हतियारले सिंहदरबार कब्जा गर्ने सपना पुरा गरौं’ : गोपाल किराती

दियो पोस्ट  

काठमाडौं १८ वैशाख । एमाओवादी प्रभावशाली नेता गोपाल किँरातीले सिंहदरबार कब्जा गर्ने सपना पुरा गर्नुपर्ने बताएका छन् ।
रामप्रसाद राई फाउण्डेसनले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा नेता किरातीले यस्तो बताएका हुन् । ‘माओवादी सशस्त्र युद्धले सत्ता कव्जा गर्न खोजिए पनि सकिएन,’ किरातीले भने, ‘रामप्रसाद राईले राणा शाषणविरुद्ध हतियार उठाएर सिधै सिंहदरवार कब्जाको निती लिएका थिर्ए ै उहाँको अधुरो क्रान्ति पूरा गर्न जरुरी छ ।’
किरातीले राईलाई राष्ट्रिय विभूति घोषणा गर्न समेत माग गरे । ‘रामप्रसाद राईको सरकारले साच्चै सम्मान गर्ने हो भने सरकारले रािष्ट्रय विभुती घोषणा गरेर राष्ट्रिय सम्पदाका उहाँको नाम राख्नुपर्छ,’ उनले भने ।
उनले प्रजातान्त्रिक सरकारको नीति योद्धाको सम्मान गर्ने नभएको आरोप लगाउँदै देश विकासका लागि सांस्कृतिक र आर्थिक गर्न जरुरी रहेको बताए ।
सो कार्यक्रममा रामप्रसाद राई फाउण्डेसनकी अध्यक्ष शुष्मा राई, प्राध्यापक लक्ष्मी राई, जय शिवहाङ राई, शिवकुमार राई कवि भुपाल राईलगायतले रामप्रसाद राईको सम्मानमा राज्यले देखाएको उदासिनताले सिंगो प्रजातन्त्रप्रेमिलाई नै निरास बनाएको बताए । उनीहरुले रामप्रसाद राईबारे यथार्थ जानकारी दिन स्कुल तहदेखि त्रिभुवन विश्व विद्यालयसम्मका पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने बताएका थिए ।
सो अवसरमा रामप्रसाद राईद्धारा गत ७ आगुनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रगत दान गर्ने विभिन्न रक्तदातालाई सम्मान गरिएको थियो । त्यसैगरी किँरात राई खेलकुद संघलाई २५ हजार प्रदान गरिएको थियो ।

सम्बन्धित खबर