यसरी काम गर्छन्, ‘रअ’ र आईएसआईका जासुस

दियो पोस्ट  

बीबीसी, २१ चैत । पाकिस्तानमा एक जना भारतीय नागरिकलाई गिरफ्तार गर्यो । उनलाई रिसर्च एण्ड एनालाइसिस विंग ‘रअ’को ‘जासुस’ भएको आरोप थियो ।

 

khufiya

पाकिस्तानमा पक्राउ परेका कथित भारतीय जासुस कुलभूषण जसलाई भिडियोमा देखाइएको थियो ।

 

पाकिस्तानबाट आएको खबर अनुसार फोनमा उनी भारतमा रहेका आफ्ना परिवारसँग मराठि भाषामा कुरा गरिरहेका थिए । निसन्देह पाकिस्तानबाट भारत गर्ने फोनमाथि कडा निगरानी राखिन्छ । यसकारण उनलाई गिरफ्तार गर्न सजिलो भएको हो । उनीसँग भारतीय पासपोर्ट पनि थियो ।
यहाँ भिन्न तरिकाको जासुस देखिन्छ । जसरी जासुसी फिल्ममा ,जससँग नक्कली पासपोर्ट हुन्छ । उ धेरै प्रशिक्षित हुन्छ ।
यदि गिरफ्तार गरिएको व्यक्ति ‘रअ’ को एजेन्ट देखियो भने भने म अचम्ममा पर्ने छु ।
किन कि ,र सीआइए, मोसाद र आईएसआइ जस्ता खुफिया एजेन्सीका एजेन्ट त आमरुपमा कूटनैतिक पासपोर्ट बोक्छन् र राजदूतावासमा बस्छन् ।
मैले पढेको थिएँ, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल आफ्नो कामको लागि पाकिस्तानमा थिए । यद्यपि उनी भारतीय इन्टेलिजेन्स ब्यूरो (आइबी)मा थिए । नकि ‘रअ’ मा ।

  • म टिकट काउन्टरमा गएँ मलाई विदेशीलाई दिइने टिकट दियो । यो टिकट स्थानीयहरुलाई दिने टिकट भन्दा धेरै महङ्गो थियो ।
    मैले सोधे ‘म यहाँको होइन, भनेर कसरी थाहा भयो ?’ उसले भन्यो ‘यहाँ स्थानीय मान्छे अथवा, पाकिस्तानी आउँदैनन् ।’
    दोस्रो पटक मलाई स्थानीय नागरिकलाई दिने टिकट दिइयो । मैलेपनि भनिन कि, ‘म भारतीय हुँ ।’ तर बाहिर उभिएको मान्छेले सोध्यो, ‘तपाईं कहाँबाट आउनु भएको हो ?’ मैले भने, ‘लाहोरबाट ।’
    त्यो मान्छे हिड्यो । ‘यहाँ आउने हरेक विदेशीको रेकर्ड आइएसआईले राख्छ,’ मेरो गाइडले भन्यो । एकछिनमा त्यो व्यक्ति पुन देखापर्यो । हामीलाई ‘परिचयपत्र देखाउन’ भन्यो । जुन हरेक पाकिस्तानीले राख्छन् ।

आइबी आन्तरिक खुफिया एजेन्सी हो । जसको काम भारतीयहरुमाथि नजर राख्नु हो । यदि यसलाई सभ्य भाषामा भन्ने हो भने यो ऐजेन्सी भारतमा हुने गतिविधिमाथि नजर राख्छ ।
यदि डोभाल आइबीमा थिए भने पाकिस्तानमा के गरीरहेका थिए । भारतका दुई खुफिया एजेन्सीका गतिविधिको बारेमा हामीलाई जे जनाकारी छ ,त्यो खालि हल्ला हुन्छ ,तथ्यमा आधारित हुदैन ।
कैयौं पटक त ‘रअ’ का प्रमुखलाई पनि थाहा हँुदैन कि एजेन्सीभित्र के भइरहेको छ । दश वर्ष पहिले आउटलुक पत्रिकाले एक रिपोर्ट छापेको थियो ‘रअ’ मा मुसलमानहरुलाई जागिर नदिने निति चलिरहको छ ।
‘रअ’का १५ हजार कर्मचारीमा कोही पनि मुस्लिम छ्रैनन् । समाचार एजेन्सी रायटर्सले जब यसबारेमा रिपोर्ट छाप्यो उसले ‘रअ’ को पूर्वप्रमुख एएस दुलतसँग कुराकानी गरेको थियो । दुलतले भनेका थिए, ‘रअमा कुनै मुसलमान भएको मलाई थाहा छैन ।’
थपेका थिए, ‘यदि ‘रअ’ मा कुनै मुसलमान रहयो भने त्यसले हाम्रो क्षमतालाई प्रभावित पार्न सक्छ । उनीहरुलाई राख्न पनि अनिच्छा होला । उसो त मुसलमानलाई खोज्न पनि सजिलो छैन ।’

 

  • ‘रअ’ का अन्य पूर्वप्रमुख गिरीश चन्द्रा सक्सेनाले खुफिया एजेन्सीमा मुसलमान को अतिआवश्यकता रहेको बताए । ‘संगठनमा केहि व्यक्तिमात्र उर्दु र अरबी जान्छन । यस समस्यालाई हल गर्न आवश्यक छ ।’
    उनी भन्छन्, ‘यदि मुसलमान अधिकारीहरुको आवश्यकता छ र यसले क्षमतामा असर पर्छ भने किन मुसलमानहरुलाई नौकरी दिइदैन । यो मलाई पनि थाह छैन ।’

 

‘रअ’ का अन्य पूर्वप्रमुख गिरीश चन्द्रा सक्सेनाले खुफिया एजेन्सीमा मुसलमान को अतिआवश्यकता रहेको बताए । ‘संगठनमा केहि व्यक्तिमात्र उर्दु र अरबी जान्छन । यस समस्यालाई हल गर्न आवश्यक छ ।’
उनी भन्छन्, ‘यदि मुसलमान अधिकारीहरुको आवश्यकता छ र यसले क्षमतामा असर पर्छ भने किन मुसलमानहरुलाई नौकरी दिइदैन । यो मलाई पनि थाह छैन ।’
मैले पाकिस्तानी खुफिया एजेन्सी ‘आइएसआई’ का केहि पूर्व प्रमुखहरुलाई भेटेको थिएँ । ती मध्ये एक असद दुर्रानी पनि हुन् । म उनलाई केहि वर्ष पहिलाबाट चिन्थेँ किन कि हामी दुबै जना एउटै पत्रिकामा लेख्थ्यौँ ।
धेरै वर्ष पहिले म पाकिस्तानको हडप्पा गएको थिएँ । जहाँ लाहोरबाट केहि घण्टा यात्रा गरेपछि पुगिन्छ । त्यहाँ म सिन्धुघाँटीको सभ्यता हेर्न गएको थिएँ । जुन धेरै मेहनत गरेर संरक्षण गरेको छ ।
म टिकट काउन्टरमा गएँ मलाई विदेशीलाई दिइने टिकट दियो । यो टिकट स्थानीयहरुलाई दिने टिकट भन्दा धेरै महङ्गो थियो ।
मैले सोधे ‘म यहाँको होइन, भनेर कसरी थाहा भयो ?’ उसले भन्यो ‘यहाँ स्थानीय मान्छे अथवा, पाकिस्तानी आउँदैनन् ।’
दोस्रो पटक मलाई स्थानीय नागरिकलाई दिने टिकट दिइयो । मैलेपनि भनिन कि, ‘म भारतीय हुँ ।’ तर बाहिर उभिएको मान्छेले सोध्यो, ‘तपाईं कहाँबाट आउनु भएको हो ?’ मैले भने, ‘लाहोरबाट ।’
त्यो मान्छे हिड्यो । ‘यहाँ आउने हरेक विदेशीको रेकर्ड आइएसआईले राख्छ,’ मेरो गाइडले भन्यो । एकछिनमा त्यो व्यक्ति पुन देखापर्यो । हामीलाई ‘परिचयपत्र देखाउन’ भन्यो । जुन हरेक पाकिस्तानीले राख्छन् ।
हामीलाई समात्यो । हामीलाई आइएसआईको अफिसमा लगियो । त्यो त्यही कम्प्लेक्समा थियो । हाम्रो पासपोर्टको विवरण नोट ग¥यो । हामीले उनीहरुलाई ढाँटेको भनेर झपा¥यो । भन्यो, ‘तपाईंलाई थाह छ यहाँ विदेशीलाई कति खतरा छ ?’
मैले पहिले नै भनिसकेँ की ‘रअ’ का एजेन्ट कूटनैतिक पासपोर्ट बोक्छन् । ‘रअ’ संग मेरो अनुभव अक्टुबर २००१ को हो । त्यो समयमा म अफगानिस्तानमा युद्धको समाचार संकलन गर्न गएको थिएँ ।
हामीले उजेकिस्तान र ताजिकिस्तानको बाटो भएर जानु पर्ने थियो । हामीले दुशांवमा अर्को टोलिलाई पर्खनु पर्ने थियो ।
मैले होटलमा दुई जना भारतीयलाई भेटेको थिएँ । जसले टाईसुट लगाएका थिए । उनीहरुलाई हरेक विहान नास्ता खादा र राती खाना खादा देख्थेँ । हामी विश्वभरीका रिपोर्टरहरु भन्दा उनीहरु अलगै देखिन्थे ।
जब हामीहरु ताजिकिस्तान, अफगानिस्तानको सिमा पुगेका थियौ त्यो समयमा हाम्रो पासपोर्ट रुसी सैनिकले चेक गरेका थिए । सबै रिपोर्टरहरुलाई जान दियो तर ती दुई जना भारतीयहरुलाई दुशांव फिर्ता पठायो ।
होटलमा मलाई लिन बसेको ट्याक्सी पनि बिग्रीयो । म झोला बोकेर उभिएको थिएँ । त्यहि समयमा ती दुबै भारतीयहरुलाई देखेँ । ती मध्य एक जनाले मलाई सोधे, ‘कहाँ जाने हो ?’
उनीहरुले मलाई लिफ्ट दिने कुरा गरे । उनीहरु सेतो मर्सिडिज कारमा थिए । सिमामा मैले पासपोर्ट निकालेँ र त्यसमा छाप लगाउन भनेँ । मलाई जान दिए । बल्ल थाहा पाएँ दुबै व्यक्ति को हुन् भनेर ।
तर मैले थाहा पाउन सकिन कि रुसी सेनाहरु र उज्बेकिस्तानका अफिसरहरु एक झलकमा कसरी ‘रअ’ का एजेन्टलाई चिन्छन् ।

TATA ADD