दियोपोस्ट संवाददाता
धादिङ, ८ वैशाख । गत पुस दोस्रो साता सशस्त्र प्रहरीका जिल्ला स्थित डिएसपी (प्रहरी नायव उपरीक्षक) दर्शन गिरीको नेतृत्वमा गएको जनपदसहितको ३ वटै सुरक्षा निकायको टोलीले बालुवा उद्योगमा छापा मार्यो । प्रहरी टोलीले ज्वालामुखी, ५ वुङ्गकोट घाट, मस्तेखाला मा रहेका एक दर्जन वालुवा प्रशाोधन केन्द्रमा छापा मारेर संचालन गर्ने विद्युतीय उपकरण नष्ट गरेको थियो । त्यतिबेला फिरफिरेका मजदुर र स्काभेटर, टिपर लगायत उपकरणरका चालकहरू उद्योग भागेका थिए ।
अनुगमनमा गएको सुरक्षा टोलीले ८ वटा प्रशोधन उद्योगका उपकरण नष्ट गर्दा गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेकै निर्देशनमा उन्मुक्ति दिइयो ।
यसरी सशस्त्र प्रहरीले छापा मारेको केही दिनमा उक्त क्षेत्रमा अन्य बालुवा उद्योगले ‘बालुवाको मुल्य बढाए । प्रति टिफर १ हजार रुपैयाँ बढेपछि भने सबै बालुवा प्रशोधन केन्द्रहरु पुन सञ्चालनमा आए ।
बुढीगण्डकी नदि किनारको बालुवा तस्करी गर्दै आएकाहरुले प्रति खानी २० हजार रुपैयाँको दरले रकम उठाएर सशस्त्र प्रहरी मार्फन नै जिल्लाका उच्च तहका व्यक्तिलाई बुझाएको उच्च स्रोतको दाबी छ । यसरी रकम बुझाएपछि भने सबै खानी पुन : सञ्चालनमा आएका थिए ।
सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुख डिएसपी गिरी नै बालुवा खानीबाट रकम उठाउने धन्दामा लागेको स्रोतको दाबी छ ।
प्रहरी र प्रशासनले मौनता देखाएपछि गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालि ठूला आधुनिक लाखौं मूल्य पर्ने वुमर लगायतका उपकरणहरू जडान गरेर संचालन गरिरहेका छन् । तर, जिल्ला स्थित नियमाक निकाय ‘देखे नदेखेजस्तो’ गरी बसिरहेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजनाबाट अरबौँ रकम मुआब्जा लिनेहरु सोही जग्गामा बालुवा तस्करीको धन्दा चलाइरहेका छन् ।
वुढीगण्डकी किनारका ज्वालामुखी, र त्रिपुरासुन्दरी गाउ“पालिका क्षेत्रमा दिनदहाड भैरहेको वालुवा तस्करी रोक्न जिल्ला अनुगमन समिती र स्थानीय प्रशासन चासो देखाएको छैन । केही हप्ताअघि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला स्थित सुरक्षा निकायले ज्वालामुखी गाउँपालिका —५ को बुङ्गकोटघाट र मस्तेखोलामा रहेका एक दर्जन बालुवा प्रशोधन केन्द्र वन्द गराएपनि एक हप्ता नवित्दै केही व्यक्तिले अझैपनि अबैध ढंगबाट वालुवा प्रशोधन गरिरहेका छन् ।
ज्वालामुखी लगायत अबैध उद्योगहरु धादिङको त्रिपुरासुन्दरी गाउ“पालिकाका साथै वगोरखा जिल्लाको गण्डकी,,शहिद लखन गाउ“पालिका लगायतका बुढीगण्डकी डुवान क्षेत्र भित्र वेरोकटोक संचालनमा छन् । तर, सुरक्षा निकाय बेखबर जस्तै नाटक गरेर बसिरहेको छ ।
सुरक्षा निकाय र प्रशासनकै मिलेमतोमा तस्करी बढेपछि पछिल्लो समय धादिङ जिल्ला बालुवाकै कारण बद्नाम हुँदै गइरहेको छ । जिल्ला स्थित पत्रकार महासंघका नेता नै तस्करीको सेटिङ मिलाउन लागि परेको स्रोतको दाबी छ । बुङकोटघाट क्षेत्रमा ती पत्रकारको लगानी भएको बालुवाखानीमा प्रहरीले छापा हानेपछि उनकै सेटिङमा रकम उठाएर प्रहरी र प्रशासनलाई बुझाएको एक व्यावसायीले बताए ।
धादिङको पुछार बजारमा रहेको एक होटलमा पत्रकारका नेता भनिएका ती व्यक्ति, सशस्त्र प्रहरी प्रमुख डिएसपी गिरीबीच पटक पटक भेटघाट हुने गरेको स्रोतको दाबी छ ।
‘आयोजना मातहत नामसारी भैसकेको जग्गामा विभिन्न स्थानमा १२ वटा अवैध बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपर भन्दा वढी बालुवा बेचबिखन हुंदै आईरहेको छ ।
हामीले नियन्त्रण गर्न स्थानीय प्रशाासनलाई गुहारे पनि प्रयास सफल भएको छैन , वालुवा वेच्न पाउनु पर्ने उल्टै राजनैतिक दवाव आउने गरेकोछ,’ बुढीगण्डकी जलविद्युत आयोजना संयोजक कृष्णवहादुर कार्कीको दुखेसो छ ।
बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेर कम्पनीको अनुमति लिएका बालुवा व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गर्ने गरेका छन् ।
कम्पनी रजिस्ट्रार कार्यालयले बालुवा प्रशोधन तथा धुलाइ गर्ने बालुवा खरिद गर्ने दर्तावाला खानीको लिखित सहमतिबिना नै बालुवा प्रशोधन उद्योग दर्ता गरिएको फेला परेको छ । कतिपयले गल्छी स्थित गाउंपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको वालुवा खानीको सहमती कागज पेश गरेका छन् । उक्त सहमती दिन विना भपाई ३ लाख रकम असुल गरिएको थियो ।
यसरी संचालित खानी अबैध भएको भन्दै उद्योग वाणिज्य मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले २०७५ मंसिर १३ मा बालदेवी सप्लायर्स एण्ड सेण्ड प्रोसेसिङ प्लान्ट लगायतका उद्योगलाई जरिवाना गरि कारवाही गरेको थियो । विभागले यहाँका उद्योगहरु उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड क वमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३९ उपदफा (१) को खण्ड १ घ वमोजिम ५० हजार जरिवाना गराएको थियो ।
राजमार्ग क्षेत्र वरपरका त्रिशूली नदीमा नदीजन्य पदार्थको उत्खनन र बालुवा प्रशोधन गर्दै आएका राजनैतिक पहँचवाला व्यक्तिहरु समेत रहेको उद्योगीहरुको समूहले बूढीगण्डकी किनारमा अबैध बालुवा प्रशोधन केन्द्र संचालन गर्दै आएका थिए । कानून वमोजिम अबैध देखिएको उक्त व्यवसाय संचालन गर्न व्यवसायीहरुले कम्तिमा १० देखि २० लाख लगानी गरिसकेका छन् ।
प्रहरी नायब उपरीक्षक गिरीको खण्डन
धादिङका सशस्त्र प्रहरीका डिएसपी एवं प्रहरी नायव उपरीक्षक दर्शन गिरीले दियोपोष्टमा प्रकाशित ‘बुढीगण्डकी नदि बालुवा तस्करको ‘हब’ : छापा हान्दै बार्गेनिङको सेटिङ गर्दै सशस्त्रका डिएसपी !’ शीर्षकको समाचारको खण्डन गरेका छन् । उनले समाचारमा आएअनुसार प्रमाणित भए पदबाट राजिनामा दिने बताएका छन् । बालुवा प्रशोधन केन्द्रको अनुगमनका क्रममा आफूले बार्गेनिङ गरेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको उनले दियोपोष्टलाई टेलिफोन गरी बताए ।