
काठमाडौं, ८ वैशाख । कोरोना भाइरस (कोभिड १९)को महामारीको कारण विश्व नै आक्रान्त छ । नेपाल समेत महामारीको चपेटामा पर्न सक्ने खतराका कारण सरकारले मुलुकलाई पूर्ण ‘लकडाउन’मा राखेको छ । अत्यावश्यक काम बाहेक नागरिकलाई घरबाहिर निष्कन प्रतिबन्ध छ । आर्थिक गविविधि पूर्ण रुपमा बन्दाबन्दी अवस्थामा छ ।
यस्तो अवस्थामा नागरिकलाई सुचनाको हकबाट बञ्चित नगराउने उद्देश्यले दुरसञ्चार प्राधिकरणले ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई लकडाउन अवधिमा इन्टरनेट नकाट्न र शुल्कमा २५ प्रतिशतसम्म छुट गर्न निर्देशन दिएको छ । तर, यस्तो लिखित निर्देशनलाई नीजि क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्ड लिंक कम्युनिकेशन प्रा.लीले अवज्ञा गरेको छ ।
लकडाउनमा परेका ग्राहकको इन्टरनेट जथाभावी रुपमा काट्ने मात्रै होइन पैसा तिर्नका लागि लकडाउन उलंघन गरेर कार्यालयमा आउन समेत वर्ल्डलिंकले उर्दी गरेको छ ।

वर्ल्डलिंक कम्युनिकेशनका कर्मचारीहरुले ग्राहकलाई टेलिफोन गर्दै लकडाउन उलंघन गरेरै कार्यालयमा आउन र पैसा तिर्न धम्की दिँदै आएका छन् । ‘चार बजेपछि पैसा तिर्न जान दिन्छ । अरुले पनि पैसा तिर्न गइरहेका छन् । अनलाइनबाट नसक्नेहरुले अफिसमै गइरहेको छ,’ ९८०१११६५४९ नम्बरमा फोन गर्दा फोन उठाउने कर्मचारीले भने,‘चार बजे जान नसके विहान ५ बजेदेखि ९ बजेसम्म तपाईंलाई मजाले हिँड्न दिन्छ ।’

लकडाउनमा घरबाट निष्कन नपाएका ग्राहकको इन्टरनेट काटिएको खबर फैलिएपछि नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले ग्राहकको इन्टरनेट नकाट्न निर्देशन दिएको थियो । तर, निर्देशन विपरित लकडाउनकै अवधिमा अधिकांश ग्राहकको इन्टरनेट काटिएको छ ।
लकडाउनका बाबजुत शुल्क बुझाउन पुगेका ग्राहकलाई प्राधिकरणको निर्देशन विपरित चर्को शुल्क लिन थालिएको छ ।
लकडाउन शुरु भएपछि दुरसञ्चार प्राकिकरणले गत चैत्र १८ गते ग्राहकलाई इन्टरनेट र डाटा सेवा शुल्कमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको थियो । तर, वर्ल्डलिंकले प्राधिकरणको निर्देशन विपरित छुट दिन अस्विकार गरेको छ । ‘प्राधिकरणको सुचना हामीलाई लागु हुँदैन,’ वर्ल्डलिंकका एक कर्मचारीले भने,‘हामी छुट दिन सक्दैनौँ ।’
लकडाउनमा नेट चलेको छैन तर बिलमा मेन्टिनेन्स शुल्क पनि !
ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुले मेन्टिनेन्स अर्थात मर्मत शुल्क लिन पाउँदैनन् । तर, माफियाहरुले नियमावली नै परिवर्तन गरेर मर्मत शुल्कको नाममा रकम अशुली गरिरहेका छन् । लकडाउनको अवधिमा एक ग्राकहले इन्टरनेट चलाएका छैनन् । तर, उनले मर्मत शुल्क समेत तिरेको बताएका छन् । दियोपोष्टलाई उनले उपलब्ध गराएका रसिदमा मर्मत शुल्कको नाममा वर्ल्डलिंकले ठगी गरेको देखिन्छ ।

दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल प्राधिकरणले दिएको निर्देशन ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पालना गर्नुपर्ने बताउँछन् ।
‘उनीहरुलाई दिएको निर्देशन पालना गर्नुपर्छ । लाइसेन्स दिँदा नै दुरसञ्चार प्राधिकरणको निर्देशन पालना गर्नुपर्ने शर्त हुन्छ,’ अर्यालले दियोपोष्टसँग भने,‘सेवाग्राहीले प्राधिकरणमा गुनासो दर्ता गरे हामीले अनुसन्धान गरेर कारबाही गर्नुपर्ने हुन्छ ।’
यो पनि