धादिङको ज्वालामुखिमा किरियापुत्री बसेका दलित परिवारलाई पानी छुन नदिएको खुलाशा

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र २४, २०७८ | २१:१६:५०

काठमाडौं । धादिङको ज्वालामुखि गाउँपालिका १ पोखरीथोकमा स्थानिय दलित परिवारलाई खानेपानीमा विभेद गरिएको छ । स्थानिय सन्तमायाँ सुनारको निधनपछि मृत्यु संस्कार अनुसार काजकिरिया गर्न बसेका टक बहादुर विक, भद्र बहादुर विक र जंगबहादुर विकमाथि विभेद गरिएको हो ।

स्थानियबासीका अनुसार ठूलो चौर खानेपानी समुहका अध्यक्ष भक्तबहादुर कार्की र पानीको खोल्ने व्यक्ति कविराज भूजेलले जातिय रुपमा विभेद गर्दै पानी खानबाट बञ्चित गरेका हुन् । ‘हाम्रो पानीको मुहानबाट पानी तानेर माथि लगिएको छ । सोही पानीको धारा नजिकै हामी किरिया बसेका छौँ,’ एक पीडितले भने,‘हामीले पानी खान माग्दा दलित भएकै कारण पानी दिएन । हामीमाथि विभेद भयौ । हामीले कहाँबाट न्याय पाउने हो ?’

हामीलाई धम्की आएको छ हामी प्रक्रियामा जान्छौँ : कार्की

यता खानेपानी समुहका अध्यक्ष कार्की भने दिनमा एक पटक पानीको धारा खोलिदिएको दाबी गर्छन् । ‘हामीले दिनमा १ पटक धारा खोलिदिएका छौँ । क्रियापुत्रिबाट खासै केही दबाव आएको छैन । अन्य बासिन्दाबाट दबाव र धम्की आएको छ । अहिले त पत्रिकासम्म पुगेछन् । हामी पनि कदम चाल्छौँ,’ कार्कीले भने,‘यो विषयमा धेरै दबाव आएको छ । हामी पनि अब केही गर्छौं ।’

 

सम्बन्धित खबर