अल्जाजिरा । टर्कीले आफ्नो आकाशमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । सिरियाका लागि उड्ने सैनिक विमान तथा सिभिल विमानमाथि प्रतिबन्ध लगाइएको हो ।
टर्किका विदेश मन्त्री मेभ्लुट काबुसोग्लुका अनुसार टर्कीले यस्तो निर्णय लिएको हो । ‘हामीले हाम्रो हवाई आकाशमा रुसी सबै किसिमका विमानलाई प्रतिबन्ध लगाएका छौँ । सिरियाका लागि उडान भर्न अब पाउने छैनन् । यही अप्रिलदेखि मार्चसम्म यो प्रतिबन्ध रहनेछ,’ उनले टर्किस मिडियासँग भनेका छन् ।
उनले आफ्नो देशले गरेको फैसला रुसका समकक्षी सर्गेई लावरोवलाई पनि जानकारी गराएका छन् । जसले उनको भनाई भ्लादमिर पुटिन समक्ष पनि पुर्याएका छन् ।