काठमाडौं । आगामी असारमा हुने विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ। समूह चरणका खेलमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग खेल्ने भएको छ। असार ३ गते सुरु हुने छनोट खेलअघि नेपालले युएई र ओमानसँग दुई तयारी खेल खेल्नेछ। नेपालको समूहमा भने जिम्बाबे, नेदरल्यान्ड्स, वेस्टइन्डिज र अमेरिका परेका छन्।
जम्मा १० टोली सहभागी विश्वकप छनोटको समूह चरणका उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन्।