कांग्रेसले चर्को मुल्य चुकाउनुपर्नेछ : प्रचण्ड

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले चर्को मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिनु अघि संक्षिप्त मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् । उनले बोल्दै गर्दा प्रतिनिधि सभा वैठकमा नेपाली कांग्रेसका सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्डले संबोधन गरेका हुन् ।