पपुवा न्युगिनिको पहिरोमा ६५० जना पुरिएको आशंका

दियोपोस्ट संवाददाता  

ऐजेन्सी । पपुवा न्युगिनिको पहिरोमा परि ६५० भन्दा बढि मानिस पुरिएको आशंका गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्र्तगतको आप्रवासीका लागि अन्र्तराष्ट्रिय संगठन (आइओएम)ले आइतबार सो संख्यामा मानिसहरु पहिरोमा पुरिएको आशंका गरेको हो ।

आइओएमका प्रमुख सेर्हान अक्टोप्राकले दि एसोसियट प्रेसलाई बताएअनुसार स्थानिय र त्यहाँको स्थानिय सरकारको ताजा तथ्यांकअनुसार १५० भन्दा बढि घरधुरी पहिरोमा पुरिएका छन् । उक्त तथ्यांकको आधारमा ६७० बढि मानिसहरु अझै पहिरोमा पुरिएको हुन सक्ने हाम्रो अनुमान हो ।

गत शुक्रबार पपुवा न्युगिनिको एन्गा प्रान्तस्थित दुर्गम गाउँ याम्बालीमा ठुलो पहिरो गएको थियो । पहिरोमा परि तत्काल १ सय बढि मानिसको मृत्यु भएको पुष्टि भएको थियो । स्थानिय सञ्चार माध्यम र स्थानियले पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका थिए ।