महालेखा परिक्षक तोयम रायकै नाममा साढे २ करोड रुपैयाँ भन्दा बढी बेरुजु !

दियोपोस्ट संवाददाता  

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को आर्थिक प्रतिवेदनले मुलुक ठूलो आर्थिक अनियमितताको केन्द्रमा रहेको देखाउँछ । जसमा ११ खर्ब ८३ अर्ब रुपैयाँको बेरुजु देखाएको छ । बेरुजु भनेको एक प्रकारको भ्रष्टाचार पनि हो । यसरी बेरुजु देखाउने प्रमुख निकाय महालेखा परिक्षक तोयम रायको नाममा समेत करोडौँ बेरुजु रहेको प्रमाण भेटिएको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार उनको नाममा समेत करोडौँ बेरुजु देखिएको हो ।

२०७९ पुस २१ देखि २०८० वैशाख २० सम्म अर्थमन्त्रालयको सचिव पदमा रहेका तायम रायसहित सचिवहरुको नाममा २ करोड ५४ लाख ७४ हजार ८ सय ८६ रुपैयाँ बेरुजु देखिएको हो । उनी अर्थमन्त्रालयमा रहेकैबेला सबैभन्दा धेरै बेरुजु देखिएको छ । २५ अर्ब ४७ करोडभन्दा बढी बेरुजु देखिएको हो । यो कार्यकालको बेरुजु रहँदा मधु कुमार मरासिनी, कृष्णहरी पुष्कर र अर्जुन पोखरेलले अर्थमन्त्रालयको सचिवको कार्यभार सम्हालेका थिए । त्यस्तै रायकै नाममा अर्को बेरुजु समेत देखिएको छ ।

उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव पदमा रहेका रायसहितको नाममा ४४ हजार ८ सय १९ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षक राय एमाले अध्यक्ष ओलीको दबावका कारण नियुक्त भएका संवैधानिक अधिकारी हुन् ।