युक्रेनको युद्ध छल्न चीलले बदल्यो बाटो

दियोपोस्ट संवाददाता  

रुस र युक्रेनबीच जारी युद्ध छल्न चीलले समेत आफ्नो मार्ग परिवर्तन गरेको छ । अन्वेषकहरुले हालै गरेको सोधमार्फत बसाईसर्दा युद्ध छल्न चीलले आफ्नो बाटो बदलेको पत्ता लगाएको खुलेको हो ।
युद्धका कारण आफ्नो बासस्थान विनाश हुने अवस्थामा पुगेपछि चीलले आफ्नो मार्ग नै परिवर्तन गरेको हुन सक्ने वैज्ञानिकहरु बताउँछन् ।
अन्वेषकका अनुसार युद्धअघिको समयमा ग्रेटर स्पटेड इगल्स (गरुड र बाँज)नामले चिनिने चीलहरु प्राय खतराजनक स्थानहरुमा फन्को लगाउने गर्थे । हरेक वसन्तयाममा बसाइसरेर ग्रिस, साउथ सुडानको विशाल सिमसार हुदै युक्रेनमार्फत बेलारुससम्म पुग्थे । तर यतिबेला चीलले सो मार्गमार्फत बसाइसरेको देखिदैन ।
इस्टोनियन युनिभर्सिटी अफ लाइफ साइन्सेस एण्ड ब्रिटिस ट्रस्ट फर ओर्निथोलोजीका अन्वेषकहरुले चीलको मार्गबारे अध्ययन गरेका थिए । अध्ययनपछि युद्धका कारण चीलले बसाइसर्ने मार्ग परिवर्तन गरेको पत्ता लगाएका हुन् ।
‘युक्रेनको युद्धले मानिस र पर्यावरणमा ठुलो विनाश ल्याएको छ । साथै हामीले वन्यजन्तुमा परेको द्धन्द्धको असरबारे झल्काउन खोजेका हौ’ अध्ययनमा सामेल चार्ली रसेलले बीबीसीसँग भनेका छन् ।
विश्वकै लोपोन्मुख प्रजातीमा पर्ने उक्त चील हल्का खैरो र छिर्के रङको हुने गर्छ । अन्वेषकहरुले सन् २०१७ देखि नै चीलको मार्गबारे जिपिएसमार्फत ट्रयाक गरिरहेका थिए । द्धन्द्धका कारण चीलले पनि मार्ग परिवर्तन गर्न सक्छ भन्नेबारे आफुहरुल अनुमानसमेत नगरेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
युद्धका कारण मार्ग परिवर्तन गर्दा चीलको पारिस्थितीक पद्धतीमा ठुलो असर पर्न सक्ने वैज्ञानीकहरुले चिन्ता व्यक्त गरेका छन् । ‘वन्यजन्तुलाई एक स्थानबाट अर्को स्थानमा बसाइसर्न लामो समय लाग्छ । त्यसमाथी मार्ग नै बदल्नुपर्दा थप समय खर्च हुन्छ । चीलजस्ता जन्तुलाई बसाइसर्न, नयाँ स्थानमा घुलमिल हुन र बासस्थान खोज्न युद्धले बाधा पुर्याएको देखियो’ उक्त अध्यननमा संलग्न प्रा.डा. जीम रेनोल्ड्सले भनेका छन्, ‘यतिमात्र नभई विश्वकै लोपोन्मुख सुचीमा परेको यस किसिमको प्रजातीको प्रजनन कार्यमासमेत बाधा पुर्याउँछ । जुन सबैभन्दा बढि चिन्ताको विषय हो ।

बीबीसीबाट