भारत-पाकिस्तान ‘युद्धविराम’का लागि सहमत भएको ट्रम्पको दाबी !

दियोपोस्ट संवाददाता  

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन् । अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धरत दुई देश युद्धविरामका लागि सहमत ट्रम्पले दाबी गरेका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताए । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ समेत दिएका छन् ।