भारत र पाकिस्तानबीच ‘युद्धविराम’ गर्ने सहमति !

दियोपोस्ट संवाददाता  

एजेन्सी । भारत-पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै देश युद्धविरामको सहमति भएको बताए ।

शनिबारको प्रेस ब्रिफिङ गर्दै उनले साँझ ५ बजेदेखि ‘स्थल’ र ‘हवाई’ दुबै तर्फबाट आक्रमण नहुने बताए । उनका अनुसार १२ तारिख दिउँसो १२ बजे भारत पाकिस्ताबीच वार्ता हुनेछ । भारत र पाकिस्तानले एकअर्का विरुद्ध सैन्य कारबाही गरिरहेका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिइ ।

सिफारिस