मेक्सिकन नौसेनाको जहाज ‘इस्ट’ नदीपुलमा ठोक्कियो, १९ जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मेक्सिकन नौसेनाको जहाज अमेरिकाको न्युयोर्कस्थित इस्ट नदी पुलको तल्लो भाग ब्रूकलिन पुलमा ठोक्किएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शनिबार राति ८ः२६ बजे जहाज ठोक्किएको हो ।

जहाज ठोक्किएपछि जहाजमा सवार १९ जना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन अवरूद्ध भएको थियो। निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ । उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ। यो सन् १९८२ मा स्पेनमा बनेको थियो।

मेक्सिकोको नौसेनाले पनि जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ। जहाजमा २७७ जना सवार थिए।

सिफारिस