काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बिभिन्न बिद्यार्थी तथा युवा संगठनले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । भिजिट भिसा प्रकरणमा अखिल क्रान्तिकारी, अखिल समाजवादी, अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग र युवा संगठनले संयुक्त प्रदर्शन गरेका हुन् ।
उनीहरूले नालायक गृहमन्त्री राजीनामा दे, भ्रष्ट गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गरलगायतका नारा लगाएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएनन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् ।