काठमाडौँ । राजावादीहरुले आज गरेको राजधानी केन्द्रित प्रदर्शन सम्पन्न भएको छ । भोलि दिउएँसो १२ बजे पूनः प्रदर्शन गर्ने गरि आजको सकिएको हो ।
राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने राप्रपा नेपालका नेता कमल थापाले बताए । उनले भोलि पनि आन्दोलन जारी रहने र काठमाडौंमा नारा जुलुसको आयोजना गरिने जानकारी दिए ।
नेता थापाले राप्रपा नेता कार्यकर्तालाई आब्हान गर्दै भने, ‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, ।
प्रदर्शन सकिएपछि भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रर्दशन कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताए ।
आजको प्रदर्शन शान्तिपूर्ण भएता पनि घुसपैठ प्रयास भएको छ । घुसपैठमा संलग्न तीन जना व्यक्तिलाई पक्राउ गरी प्रहरी को जिम्मा लगाइएको छ ।