काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारी विरुद्ध प्रधानमन्त्री बालेन शाह समक्ष उजुरी परेको छ । प्राधिकरणको ११ औैँ तहमा कार्यरत हवाई विमानस्थल सुरक्षा मापदण्ड विभागमा हरि प्रसाद अधिकारी विरुद्ध प्रधानमन्त्री बालेन शाह र हेलो सरकार समक्ष उजुरी परेको हो । उनले विभागमा बसेर चरम भ्रष्टाचार गरेको भन्दै उजुरी परेको हो ।
‘विषेशगरी उक्त विभाग अन्तर्गतका परियोजनाहरुमा प्राधिकरणले लगानी गरेको ५ अर्ब रुपैयाँ भन्दा बढि निर्माणसँग सम्बन्धित ठेक्कामा निज अधिकारीले चरम आर्थिक अनियमितता गरि भ्रष्टाचार गरिरहेका छन्,’ प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमा भनिएको छ,‘सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र प्रक्रियामा भाग लिएका कतिपय निर्माण कम्पनिलाई आफ्नो चालक र भाञ्जाका नाममा सब कन्ट्रयाक्ट ठेक्का दिनुपर्ने अनौठी सर्त राखि केही निर्माण कम्पनिले पाउनुपर्ने भुक्तानी समेत अधिकारीले रोक्दै आएका छन् । निज अधिकारीले आफ्नो सालोको नाममा विभिन्न निर्माणका कामहरु सार्वजनिक खरिद ऐन र नियमावलीलाई छल्नका लागि कोटेशनको आधारमा ठेक्का दिने गरेका छन् ।’
त्यस्तै अधिकारीले भैरहवा बिमानस्थलमा परामर्शदाता कम्पनिमा कार्यरत सिंगापुरस्थित एक कम्पनिका कामदारलाई तलब रोकि ६० देखि ४० प्रतिशत तलबमा समेत कमिशन माग गरेको समेत उजुरीमा खुलाशा गरिएको छ । सामान्य तहका कर्मचारी भएपनि अधिकारीले गैरकानुनी सम्पत्ति आर्जन गरि लतिलपुरको लुभुमा करोडौँ पर्ने महल खडा गरेको समेत खुलाइएको छ । उनले भ्रष्टाचार गरी आफ्नो छोरालाई जेम्स स्कुलमा पढाएको समेत उजुरीमा आरोप छ ।
अख्तियारकै उच्च अधिकारीहरुकोसेटिङमा विभिन्न विमानस्थलको ५ अर्बभन्दा बढीको बोलपत्रमा कमिशन माग्ने र आफ्ना नातेदार मार्फत पेटि ठेक्का माग्ने गरेको आरोप छ । उजुरीकर्ता जेनजीहरुले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत छानबीन गर्न प्रधानमन्त्रीज्यू समक्ष निवेदन गरेका छन् । चार वर्षसम्म रजाइँ गरेका अधिकारीमाथि छानबीन गर्न अख्तियारलाई निर्देशन दिन समेत जेनजीहरुले माग गरेका छन् ।
अधिकारीकाे खण्डन : ‘मरो सालोहरु विदेशमै छन्’
यसैबीच अधिकारीले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले आफ्ना आफन्त र नातेदारको नाममा ठेक्का पाट्टा मागेको आरोप तथा उजुरी अस्विकार गरेका छन् । आफ्ना सालोहरु नेपालमै नरहेको उनले दाबी गरेका छन् ।
उनको खण्डन यस्तो छ ।

