कनकमणिको तस्बिर राख्दै बालकृष्ण ढुङ्गेलले लेखे डरलाग्दो ‘कथा’

दियो पोस्ट  

काठमाडौं, १९ वैशाख । भ्रष्टाचारको आरोपमा अख्तियारको हिरासतमा रहेका साझा यातयातका अध्यक्ष कनकमणि दीक्षित प्रकरणबारे विभिन्न टिक्का टिप्पणी भईरहेको छ । एमाओवादी नेता बालकृष्ण ढुङ्गेलले सामाजिक सञ्जाल फेसबुकमा दीक्षितको तस्विर राख्दै डरलाग्दो स्ट्याटस पोस्ट गरेका छन् ।

शनिबार उनको नामबाट लेखिएको स्ट्याटसमा दीक्षितलाई ‘फटाहा’को संज्ञा दिइएको छ । ‘भनिन्छ फटाहा मर्ने बेलामा पनि सात गाउँ बाधेर जेल हाल्ने योजना बनाउछरे १ मरेपछि सात गाउँ बाधिन बाध्य हुन्छन,’ उनले फेसबुकमा लेखेका छन् ,‘सायद त्यो फटाहा यहि कनक मणि हुनसक्छ ।’
ढुङ्गेलले कनकमणीलाई डलरमणी भन्दै उनीबारे कथा समेत बनाएका छन् । दीक्षितको तस्विरसँग मेल खाए संयोगमात्रै हुनेछ भन्दै ढुङ्गेलले यस्तो कथा बनाएका छन् ।
‘एकादेशमा एउटा डलरमणि नामले चिनेने कनकमणि भनिने निकै ठूलो बेइमानी, बेइज्जती, आफ्नो स्वार्थ पूरा गर्न र आफ्नो स्वर्ग निर्माण गर्न देश जनता र समाजलाई छल्दै आफ्नो सक्कली अनुहार लुकाउदै खुबै दानी र ज्ञानी को भेषमा हिड्ने पैसाको लागि युद्धमा शान्ति र शान्तिमा युद्धको ब्यापार गर्न सक्ने तेज बुद्धि भएको थियो । उसलाई पैसा आउने भएपछि देशको सम्पत्ति साझा यातायात पनि निज फटाहा साझा बसलाई चास्निमा डुबाउँदै रसबरि र जेरि खाए झैँ खान सक्ने फटाहा थियो रे उसले मर्ने बेलामा सारा गाउँलेलाई बोलाएर म जस्तो पापि भ्रष्टाचारि पैसाको लागि आफ्नो आमा र सन्तान सबै बेच्नपछि नपर्ने यस्तो अपराधी यो दुनियाँमा मलाई जितेको कोहि छैन । मैले सारा गाउँ देश सबै डुबाएर तिमीहरुलाई सारै सताएको छु मलाई थाहा छ म मरेपछि मलाई यति यातना दिनु कि फेरि सात जुनि यो देश र दुनियाँमा मजस्तो पापि को जम्म हुन नसकोस् म मरेपछि मेरा आँखा फुटाउने जिब्रो झिकेर पिँडालुको पातमा पोको पार्ने मेरा हातगोडा र टाउकोमा घनले हानेर चुरचुर पारेर मेरो मुखबाट बाँस घुसारेर मलद्वारबाट निकालेरबिना कात्रो सात गाउँ घुमाउदै मेरो अन्तिम संस्कार गरिदिनु र सारा गाउँलेले म फटाहा मरेको खुसियालीमा ढोल पिटेर नाच्नु भनेर मरेछ । सबै सोझा गाउँ बासिले तेहि गरेछन् । लास सात गाउँ डुलाउँदै घाटामा लैजाने क्रममा गस्तीमा हिडेका प्रहरीसंग भेट भयो त्यो अवस्थामा लास देखेपछि सबै गाउलेलाई जेल लगयोरे भन्ने कथा छ । यो कथा र कथामा उल्लेखित पात्रको नाम र तस्बिर को अनुहार मेल खायो भने केवल संयोग मात्रै हुनेछ।’

ढुङ्गेललाई ज्यान मारेको उद्योगमा कारबाही चलाउन दीक्षितले अभियान नै चलाएका थिए । अख्तियारले दीक्षितलाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमा रिस फेरेको देखिन्छ ।

यस्तो छ उनको स्ट्याटस्

सम्बन्धित खबर