कनकमणि प्रकरणबारे रविन्द्र मिश्रले मुख खोले, ‘ मेरो परिवारलाई समेत बाँकी राखिनु हुन्न’

दियो पोस्ट  

काठमाडौं, २० काठमाडौं । भ्रष्टाचारको आरोपमा अख्तियारको हिरासतमा रहेका साझा यातयातका अध्यक्ष कनकमणि प्रकरणबारे पत्रकार रविन्द्र मिश्रले प्रतिक्रिया दिएका छन् । भ्रष्टाचार विरोधी अभियानमा रहेका मिश्रबारे विभिन्न टिक्का टिप्पणी भएका थिए ।

‘मैले सो विषयलाई लिएर उनको विरोध या बचाउमा कहिँ कतै एक वाक्य पनि लेखेको छैन। मेरो पेशागत सीमाका कारणले लेख्नु उपयुक्त पनि हुँदैन,’ मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर म राजनीतिक र संवैधानिक खाकाले भन्दा पनि भ्रष्टाचारको महारोगका कारण यो देशले विकास गर्न नसकेको हो, त्यसैकारणले गर्दा भ्रष्टाचार भयो भने, अरुको त कुरै छोडिदिउँ, म लगायत मेरो आफ्नै परिवारका सदस्यलाई समेत बाँकी राखिनु हुन्न भन्नेमा दृढ विश्वास गर्ने व्यक्ति हुँ। तर विधि र कानुनी प्रकृयाको हरेक निकाय र नागरिकले सम्मान गर्नै पर्छ।’
केही अनलाईनमा कनमकमणि प्रकरणमा मिश्र मौन रहेको विचारहरु आएका थिए ।
लेखेको स्ट्याटस यस्तो छ