प्रचण्ड प्रधानमन्त्री हुने भएपछि बाबुरामले भने, ‘सरकार बनाउने र गिराउने भाँडाकुटी खेले जस्तै’

दियो पोस्ट  

काठमाडौं, २२ वैशाख । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सरकार सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेलझैँ भएको संज्ञा दिएका छन् । ‘सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं नेपालका पुराना राजनीतिक शक्तिहरू ९ वा पावर ब्रोकरहरूरु०
को पुरानै जानेमानेको खेल हो, यसमा आश्चर्य मान्नुपर्ने केही छैन,’ बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खालि पात्र फेरिएका (थपिएकां) छन्, प्रवृत्ति उही हो ’
सरकार बनाउने र गिराउने खेलमा राष्ट्रियतालाई बलि दिएको भन्दै उनले लेखेका छन्, ‘दुस्खद कुरा चाहिं, राष्ट्रियता, जस्तो पवित्र कुरालाई यो फोहोरी खेलमा सधैं बली दिइन्छ । पहिले ओली सरकार बनाउँदा पनि राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा निम्ति रे, अहिले सरकार गिराउँदा पनि उही  राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा निम्ति नै ?’
एमाओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भोल्टेयरको भनाइलाई समेत उल्लेख गरेका छन् ।
‘त्यसैले शायद भोल्टेयरले भनेका, -‘भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको मुकाविला गर्न म आफै सक्षम छु ‘, उनले लेखेका छन् ।

बाबुरामले यस्तो लेखेका छन्

सम्बन्धित खबर