काठमाडौं, २२, वैशाख । कालिकोटलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प महशुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कालिकोटको खिन भन्ने ठाउँलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
विहान ११ बजेर १७ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको केन्द्रले जनाएको छ ।