एनसेल करछलिको पक्षमा लागेपछि रामशरण महतलाई फेसबुकमा प्रश्न, ‘जस्तापाता चोरेर बेचेकोले पुगेन ?’

diyopost.com
bestnp  शनिबार, बैशाख २५, २०७३ | ७:०४:१३

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत फेरी चर्चामा आउन थालेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहेका महतले शुक्रबार कर छलि गरिरहेको एनसेलको पक्षमा धारणा राखेपछि उनको आलोचना हुन थालेको छ ।
सामाजिक सञ्जालमा उनले धारणापछि अधिकांश प्रतिक्रिया उनीमाथि गालिगलौजमा केन्द्रीत रहेको छ । ‘एनसेल नेपालको सबैभन्दा ठूलो करदाता हो । लाभकर तिर्नुपर्ने विक्रेताले नै हो । एनसेलको ठिडिएस अवधि बाँकी नै छ,’ उनले लेखेका थिए, ‘अहिले नै उसको आलोचना अनुचित ।’


महतले यस्तो धारणा राखेपछि उनको फेसबुक पेजमा दिप लिम्बुले प्रतिक्रिया लेखेका छन्, ‘जस्तापाता बेचेर पुगेन ? अब एनसेलमा वकालत गर्दै छौ । विश्वका उत्कृष्ट अर्थमन्त्री ?’
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले महतलाई अश्लिल गालि समेत गरेका छन् भने कतिपयले ‘पागलको संज्ञा दिएका छन् ।
अमर भूजेलले लेखेका छन्, ‘यस्तै डाकटरहरुको हात छ, यिनीहरुको हात नकाटेसम्म एनसेलमात्रै होईन कुनैपनि संघसस्थाबाट कर आउन मुश्किल छ ।’


 

सम्बन्धित खबर