राहुल गान्धीलाई बमले उडाईदिने धम्की

दियो पोस्ट  

एजेन्सी । भारतीय कांग्रेस उपाध्यक्ष राहुल गान्धीलाई बमले उडाईदिने धम्की आएको छ । उनलाई पिता स्व. राजीव गान्धीकै हालतमा मार्ने धम्कीआएको हो । भारतको पुड्डुचेरीमा एक चुनावी सभामा यस्तो पुगेका गान्धीलाई यस्तो धम्की आएको हो । नाम नखुलेको पार्टीले उनलाई धम्कि दिएको छ । पार्टीका शिर्ष नेतृत्वपनि यो विषयमा चिन्तित रहेको बताइएको छ । अहमद पटेल सहित वरिष्ठ नेताका नेतृत्वको एक प्रतिनिधि मन्डलले गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेको छ ।
उनीहरुले सिंहसँग २० मिनेटसम्म यसै विषयमा छलफल गरेका छन् । गान्धि परिवारमाथि यसअघि भएको हमला समेतको याद दिलाउँदै उनको सुरक्षा बढाउन माग गरेका छन् । भेटमा सिंहले राहुलको सुरक्षा बढाउने आश्वासन दिएका छन् । यस सन्दर्भमा पार्टीका नेता नारायण सामीले पड्डुचरीको स्थानिय प्रहरी कार्यलयमा निवेदन दिएका छन् । पार्टीका प्रवक्ता रणदीप सरजेवालाका अनुसार पत्रमा राहुलका पिता राजीव गान्धीको मृत्यु घटनालाई उल्लेख गरिएको छ । उक्त पत्र विना हस्ताक्षेर नै मे ५ मा नारायण सामीको निवासमा भेटिएको थियो ।