भारतले उडाएको शंकास्पद उपकरण नेपाली भूमिमा दुर्घटना

दियो पोस्ट  

अछाम, २८ वैशाख । भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा दुर्घटनामा परेको छ । भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह अछाममा दुर्घटनामा परेको हो ।
स्थानियले खबरगरेपछि प्रहरी िघटनास्थलमा पुगेको थियो । बलाता–५ भिमडका चेतमानसिंह थापाले घर नजिकै शंकास्पद बस्तु खसेको खबर गरेपछि सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतबाट उडाइएको भू–उपग्रह भएको निष्कर्ष निकालेको थियो ।

स्थानीयले खबर गरेपछि प्रहरी चौकी ढकारीका प्रहरी सहाक निरीक्षक परी बोहराको नेतृत्वमा गएको टोलीले भारतबाट अत्याधुनिक बेलुनमार्फत उडाइएको भू–उपग्रह फेला परेको पुष्टि गरेको छ ।

भारतले उडाएर नेपाली भूमिमा दुर्घटनामा परेको सो भू–उपग्रह प्रहरी चौकी ढकारी ल्याएर राखिएको छ ।

भू–उपग्रहमा लेखिएको सूचनाका आधारमा भारतको नैनीतालबाट यसलाई उडाइएको खुलेको हो ।