काठमाडौं, ३१ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जनयुद्धकालिन मुद्दा ब्युत्याए सबै माओवादी मिलेर त्यसको प्रतिरोध गर्ने बताएका छन् । राजधानीको राष्ट्रिय सभागृह भएको युद्धकालिन मुद्दा विषयक अन्तक्रिया विषयक कार्यक्रम उनले पटक पटक खोज्या हो ? भन्दै आवश्यक परे फेरि पेस्तोल बनाउन र विद्रोहमा उत्रन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
जनयुद्धकालिन मुद्दा व्युँताउन मानवअधिकारवादीहरु डलरको भरमा लागि परेको खुलासा गर्दै प्रचण्डले भने, ‘मैले हिजो भर्खर एमालेका वरिष्ठ नेतालाई भेटेको थिएँ, तपाई उहाँहरुलाई मैले सोधेँ, के खोजेको तपाईंहरुले फेरी मुद्दा उठाएर किन मान्छेहरु लगाउनु हुन्छ ? जवाफमा उहाँले भन्नुभयो, ‘उनीहरु हाम्रा होईनन् डलरका मान्छे हुन् ।’
जनयुद्धको सबै जिम्मा आफूले लिने भन्दै पहिले आफूलाई जेल हाल्न समेत चुनौती दिए । ‘हिजो जनयुद्धका सबै घटनाको जिम्मेवारी म लिन्छु’ प्रचण्डले भने, ‘यदि अदालतले सक्छ भने प्रचण्ड र शेरबहादुरलाई जेल हालेर देखाउ ।’
अदालतले माओवादीलाई एकताबद्ध हुन सहयोग गरेको भन्दै उनले आगामी दिनमा माओवादी थप सशक्त भएर आउने घोषणा गरे ।
आफूहरु माओवादी एकताको लागि सरकार भोली नै छाड्न तयार रहेको समेत उनको दाबी थियो ।