बेरुत (लेबनान), १ जेठ । सिरियाली इश्लामिक स्टेट (आइएस) जिहादी समूहद्वारा सिरियाली अस्पतालमा गरिएको आक्रमणमा शनिबार २० जना सुरक्षाकर्मीको मृत्यु भएको जनाइएको छ ।
सिरियाको पूर्वमा अवस्थित दैयरएजर शहरमा रहेको अस्पतालमा आक्रमण हँुदा सुरक्षार्थ खटिएका २० जना सेनाको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारबादी संस्थाका रमी अव्देल रहमानले बताउनुभयो ।
घटनामा छ जना आइएस लडाकुको समेत मृत्यु भएको उक्त संस्थाले बताएको छ ।